“एनआईबिएल ग्रोथ फण्ड” को ५० प्रतिशत बढी इकाई बिक्यो, पुस २१ सम्म आवेदन दिन सकिने


सर्वसाधारणमा निष्काशन भईरहेको एनआईबिएल ग्रोथ फण्डका ५० प्रतिशत इकाई बिक्री भएको छ । निष्काशन सुरु भएको चौथो कार्यदिनमा उक्त मात्रामा इकाई बिक्री भएको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु पुस ७ गतेदेखि सार्वजनिक निश्कासन भईरहेको छ । योजनाको सार्वजनिक निश्कासन पुस २१ गतेसम्म हुनेछ ।

यस अघि निश्कासित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरुको उत्साहपूर्वक सहभागिता बढ्दै गईरहेको क्यापिटलले जनाएको छ ।

शेयर बजारमा आएको सिथिलताको बाबजुद सार्वजनिक निष्काशनको चौथो कार्यदिनमा निष्काशित १६ करोड इकाई मध्ये ५० प्रतिशत भन्दा बढी, ८ करोड ६३ लाख इकाईको लागी आवेदन परेको क्यापिटलको भनाई छ ।

यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् ।

योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डको वेबसाइटमा हेर्न सकिन्छ ।

यस योजनाको समयावधि १० वर्षको रहेको छ र यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन भइरहेको हो ।

योजनाको अवधि भर यस योजनाले इपेक्टिभ एन्नुअल रिटर्नका रुपमा २०.२५ प्रतिशत प्रतिफल दिन सक्ने प्रक्षेपण समेत गरिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।