माण्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

0
Shares

माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४८ रुपैयाँका दरले आईपीओ निष्कासनका लागि अनुमति मागेको हो ।

कम्पनीले कुल १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ जारी गर्नका लागि पुस ११ गते सेबोनमा निवेदन दिएको हो । बोर्डले अनुमति दिएमा हाइड्रोपावरले ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न सेबोनको अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाको लागि निष्कासन गर्नेछ । त्यपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत १८ गतेबाटै विद्युत उत्पादन सुरू गरिसकेको छ । आयोजनमा ४ अर्ब २५ करोड लगानीमा निमार्ण भएको हो । यसको लागत प्रतिमेगावाट लगानी १८ करोड १० लाख छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।