आईपीओ बिक्री गर्न लागेको रिलायन्स लाइफले १५० प्रतिशतले बढायो व्यवसाय, कमाई यस्तो


रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड २३ लाख ३७ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा ९ करोड ६५ लाख ५ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले यस्तो आम्दानी १५१.११ प्रतिशतले बढाएको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयको आकार २२ लाख २६ हजार रुपैंयाबाट १ करोड ३९ लाख ८२ हजार रुपैंया पुर्याएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुनै दाबी भुक्तानी नगरेको इन्स्योरेन्सले अहिले १६ लाख ४८ हजार रुपैंया खुद बीमा दाबी भुक्तानी गरेको छ । यस्ता विविध शिर्षकमा गरी १३ करोड ५७ लाख १९ हजार रुपैंया आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ७७ लाख ४५ हजार रुपैंया खुद नाफा कमाएको इन्स्योरेन्सले अहिले १ करोड ८५ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको छ ।

१ अर्ब ४७ करोड रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको ११ करोड १० लाख २२ हजार रुपैंया, जीवन बीमा कोषमा ५६ करोड ५२ लाख ४१ हजार रुपैंया तथा महाविपत्ती जगेडामा १ करोड २३ लाख ३६ हजार रुपैंया सञ्चय गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ वटा दाबी भुक्तानी वापत ३४ लाख ७३ हजार रुपैंया दाबी भुक्तानी गरेको इन्स्योरेन्सले २ वटा दाबी वापत ११ लाख रुपैंया भुक्तान गर्न बाँकी छ ।

जारी पूँजीको ३० प्रतिशतको हुन आउने ६३ करोड बराबरको ६३ लाख कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने प्रस्ताव गत साउन ३१ गते सम्पन्न साधारण सभाले पारित गरिसकेको छ ।