गोदावरी बिजनेस ग्रुपले ३ कम्पनीबाट गर्यो ७ अर्ब आम्दानी

0
Shares

गोदावरी बिजनेस ग्रुपले गोदावरी आइरन स्टोर, गोदावरी स्टील र गोदावरी पोलिस्याक एन्ड एफआइबीसी गरी ३ कम्पनीबाट संक्षिप्त रुपमा ६ अर्ब ९४ करोड १० लाख आम्दानी गरेको छ ।

गोदावरी स्टील्सको आम्दानीमा आकर्षक वृद्धि हुँदा बिजनेस ग्रुपको आम्दानी पनि बढेको हो । सन् २०२२ मा गोदावरी स्टील उद्योगले ५ अर्ब ४० करोड ३० लाख आम्दानी गरेको छ । जुन सन् २०२१ मा ३ अर्ब १ करोड २० लाखमा सिमित रहेको थियो ।

बानिया परिवारको गोदावरी बिजनेस ग्रुपले एचडीपिई पाइप, गार्डेन पाइप, पानी ट्यांकी, निर्माण सामाग्रीको टे«डिङ, ट्रान्सफर्मर, फ्याबरिकेसन, लगायतका विभिन्न सामाग्रीहरुको उत्पादन, आयात र बिक्री गर्दै आएको छ ।

सन् १९५० मा स्थापना भएको बिजनेस ग्रुपले सन् २०१९ बाट स्टील उद्योग सञ्चालन गरी दैनिक ६०० मेट्रिक टन बराबरको टिएमटी छड उत्पादन गर्दै आएको छ । कम्पनीले गोदावरी स्टील्सको नामबाट टिएमटी छडको बिक्री गर्छ ।

यसैगरी गोदावरी ग्रुपले मकवानपुरको हेटौंडामा गोदावरी पोलिस्याक एन्ड एफआइबीसी उद्योग सञ्चालन गरेको छ । सन् २०१८ मा स्थापना भएको यस उद्योगले त्रिपाल र प्लास्टिकका बोराहरुको उत्पादन गर्दै आएको छ । उद्योगको प्रति वर्ष ४ हजार ८०० मेट्रिक टन उत्पादन क्षमता रहको छ ।

गोदावरी पोलिस्याक एन्ड एफआइबीसी उद्योगले सन् २०२२ मा ६ करोड ३९ लाख आम्दानी गरेको थियो । यसअघि सन् २०२१ मा उद्योगले ६ करोड ३४ लाख बराबरको कारोबार गरेको थियो ।

यस्तै सन् २०१५मा स्थापना भएको गोदावरी आइरन स्टोर कम्पनीले गोदावरी ग्रुपले उत्पादन गरेका हाडवयर सामाग्री बिक्री तथा वितरण गर्दै आएको छ । कम्पनीले बजारको माग अनुरुप स्टील, सिमेन्ट आयात गरी बिक्री समेत गर्छ ।

सन् २०२२ मा गोदावरी आइरन स्टोरको आम्दानी ८ करोड ९९ लाख रहेको छ । यसअघि सन् २०२१मा कम्पनीको आम्दानी ६ करोड ६९ लाखमा सिमित थियो ।
गोदावरी ग्रुप मुन्ना प्रसाद बानिया र उनको परिवारले सञ्चालन गरिरहेको बिजनेस ग्रुप हो । गोदावरी बिजनेस ग्रुपका अध्यक्ष स्वयम् मुन्ना प्रसाद बानिया रहेका छन् भने उनका भाइ शुशिल प्रसाद सेनुरिया बानिया प्रबन्ध निर्देशक रहेका छन् ।

ग्रुपका अधिकांश कम्पनीहरु रम्सौल–बीरगंज नाकादेखि निकट दूरीमा अवस्थित रहेको हुँदा कच्चा पदार्थको ढुवानीमा सहजता भएको छ । कम्पनीद्धारा उत्पादित सामाग्रीहरुको बिक्री देशभर हुने गरेको छ ।

गोदावरी ग्रुपका ३ वटा कम्पनीहरुले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएका छन् । ७ करोड १० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि गोदावरी आइरन स्टोर्स कम्पनीलाई केयर रेटिङ नेपालले बी प्लस र ए४ रेटिङ गरेको छ ।

यस्तै गोदावरी पोलिस्याक एन्ड एफआइबीसी कम्पनीलाई ६ करोड ५४ लाख ६२ हजार दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि केयर रेटिङले बी प्लस र ए४ रेटिङ गरेको छ ।

६ अर्ब ८० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि केयर रेटिङ नेपालले क्रमश डबल बी माइन्स र ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७९, बिहिबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।