निर्जीवन बीमा कम्पनीले मंसिर महिनामा मात्रै साढे दुई अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरुले चालु आर्थिक बर्ष २०७९/८० को मंसिर महिनामा दुई अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
समिक्षा अवधिमा कम्पनीहरुले ७ खर्ब ३० अर्ब २६ करोड बीमांकको व्यवसाय गर्दा बीमाशुल्क बापत सो रकम संकलन गरेका हुन् ।
समिक्षा अवधिमा शिखर इन्योरेन्स कम्पनीले ६४ अर्ब ५४ करोड बीमांकको बीमा व्यवसाय गर्दा २७ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले भने ६९ अर्ब ९३ करोड बीमांकको बीमा व्यवसाय गर्दा २३ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले भने ४९ अर्ब ८७ करोड ४७ लाख बीमांकको बीमा व्यवसाय गर्दा २२ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
मंसिर महिनामा मात्रै बीमा कम्पनीहरुले दुई लाख २८ हजार १२६ वटा बीमा पोलिसी विक्री गरेका छन् । सो संख्यामध्ये नेपाल इन्स्योरेन्स कम्पनीले मात्रै १५ हजार ५१२ वटा पोलिसी विक्री गरेको प्राधिकरणको तथ्यांक छ । नेको इन्स्योरेन्सले २२ हजार ८१२, शिखर इन्स्योरेन्सले २० हजार ३५३, हिमालयन एभरेष्ट्रले २० हजार ८१७ वटा पोलिसी विक्री गरेका छन् ।
चालु आवको मंसिर महिनासम्ममा भने निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । सो अवधिसम्ममा कम्पनीहरुले ११ लाख ४७ हजार २६४ वटा पोलिसी विक्री गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया