हिमालन बैंकले प्रस्स्ताव गर्यो लाभांस, बोनस कति ?


हिमालयन बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको २०७६ कात्तिक २८ गते बिहान बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा १२ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंको चुक्ता पूँजी ८ अर्ब ५२ करोड रुपैयाँ छ । १० प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड पुग्नेछ ।

अघिल्लो बर्ष बैंकले १०.७९ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशत धेरै लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।