आईसीएफसी फाइनान्सले बढाएर प्रस्ताव गर्यो लाभांस


आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ ।

फाइनान्स सञ्चालक समितिको २०७६ कात्तिक २७ गते साँझ बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा ८ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्सले ४ करोड ४१ लाख ८ हजार ६२० रुपैयाँ बराबरको बोनस शेयर र ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल फाइनान्सको ८८ करोड २१ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी छ ।

फाइनान्सले घोषणा गरेको उक्त लाभांस राष्ट्र बैंकको स्वकिृती तथा फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो बर्ष फाइनान्सले आठ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।