लोकसेवा आयोगले खुलायो कर्मचारी पूर्ती गर्न विज्ञापन


लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाको आठौँ र सातौ तहका पदमा ज्येष्ठता र कार्यसम्पादनसहित ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आयोगले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न लागेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्ने जनाइएको छ।

आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा/समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको हो ।

आयोगको विज्ञापन यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।