निर्माण क्षेत्रको मन्दीबीच बन्दना स्टील उद्योगको आम्दानीमा आकर्षक वृद्धि

0
Shares

निर्माण क्षेत्रमा मन्दी लागेता पनि बन्दना स्टील उद्योगले सन् २०२२ मा आकर्षक आम्दानी गरेको छ ।

सन् २०२१ मा ६४ करोड ६३ लाख आम्दानी गरेको उद्योगको कारोबारमा वृद्धि हुँदा सञ्चालन आम्दानी ४२.७५ प्रतिशतले बढेको छ । सन् २०२२ मा कम्पनीको आम्दानी ९२ करोड २६ लाख कायम रहेको छ ।

कोरोना महामारीका कारण कम्पनीको कारोबार सुस्त भएको थियो । जसकारण सन् २०१९ मा १ अर्ब ४ करोड ४० लाख आम्दानी गरेको उद्योगको आम्दानी खुम्चिएर सन् २०२० मा ८२ करोड ३६ लाख र २०२१ मा ६४ करोड ६३ लाख रहेको थियो । तर व्यापारमा आएको सुधारका कारण कम्पनीको आम्दानी आगामी वर्षमा अझ बढ्ने देखिन्छ ।

सन् १९८३ मा गौरीशङ्कर रोलिङ मिलको नामबाट स्थापना भएको कम्पनी सन् २००२ मा बिनोद खन्डेलवालले अधिग्रहण गरेपछि बन्दना स्टील प्रालिको नामबाट सञ्चालनमा रहेको छ ।

कम्पनीले एङ्गल्स, फ्ल्याट्स, गेट, च्यानल लगायतका सामाग्रीहरुको उत्पादन गर्दै आएको छ । सन् २०२२ मा उद्योगले एङ्गल्सको बिक्रीबाट मात्रै कुल आम्दानीको ४७ प्रतिशत आम्दानी गरेको छ । यस्तै फ्ल्याट र रोल्सबाट क्रमिक २१ र १५ प्रतिशत उदोगले आम्दानी गरिरहेको छ ।

७६ करोडको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्राले दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।