छुट तथा सहुलियत उपयोग गर्न पुस महिनाभित्र कर बुझाइसक्नुपर्ने

0
Shares

आन्तरिक राजस्व विभागले करको दायरामा आउने उद्योग तथा साझेदारी फर्मलाई कर छुटको व्यवस्था गरेको छ । छुट तथा सहुलियत उपयोग गर्न पुस महिनाभित्र कर बुझाइसक्नुपर्ने कार्यालयले जनाएको छ ।

आर्थिक ऐन, २०७९ को दफा २५ अनुसार करयोग्य कारोवार गरिरहेका र हालसम्म करको दायरामा नआएका व्यक्तिले स्थायी लेखा नम्बर लिएर विगत तीन वर्षको आय विवरण र कर २०७९ पौष मसान्तसम्म बुझाएमा त्यस अघिको कर, शुल्क र व्याज मिन्हा पाउने विभागले जनाएको छ ।

यस्तै ज्वाइन्ट भेन्चर करदाताहरुले २०७८ चैत्र मसान्त सम्मको मूल्य अभिबृद्धि कर विवरण वा विवरण अनुसारको कर बुझाउन बाँकी भएको भए बुझाउन बाँकी विवरण, कर र व्याजको ५० प्रतिशत रकम २०७९ पौष मसान्तसम्म बुझाएमा बाँकी व्याज, थप दस्तुर र जरिवाना छुट पाउने जनाएको छ ।

अन्तःशुल्क इजाजतपत्रवालाले २०७८ चैत्र मसान्त सम्मको विवरण वा विवरण अनुसारको अन्तःशुल्क बुझाउन बाँकी भएको भए बुझाउन बाँकी विवरण, अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत रकम २०७९ पौष मसान्तसम्म बुझाएमा जरिवाना र बाँकी विलम्ब शुल्क छुट पाउने जानकारी दिएको छ ।

अन्तःशुल्क इजाजतपत्रवाला उद्योगले १५ वर्ष भन्दा पुराना मौज्दातको लगत कट्टाको लागि २०७९ पौष मसान्तसम्म निवेदन दिन पाउने व्यवस्था रहेको विभागले जनाएको छ ।

आर्थिक ऐन, २०७९ बमोजिमका छुट तथा सहुलियत उपयोग गर्न पुस महिनाभित्र कर बुझाइसक्नुपर्ने कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।