महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले गत साता देखि “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम शुरु गरेको छ ।

कम्पनीले महिलालाई रोजगारी र आयसँग जोड्न मुलुकभरी यस्तो कायक्रम सञ्चालन गरी रहेको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संचालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको कम्पनीले दाबी गरेको छ ।

कम्पनीले पौष २२ गते सिमरा नगरपालिकाको जीतपुरमा शुशिला लामाको अध्यक्षतामा सम्पन्न गरेको थियो । कार्यक्रममा १४० जनाको महिलाको सहभागिता रहेको थियो । त्यस्तै पौष २३ गते हेटौडामा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा ११० जनाको सहभागिता थियो ।

तारकेश्वर नगरपालिका नेपालटारमा पनि पौष २३ गते कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ९५ जनाको सहभागिता रहेको थियो । महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रमलाई देश भरी अभियानको रुपमा संचालन गर्ने क्रममा उक्त कार्यक्रम जोशिपुर कैलाली, सुर्य विनायक भक्तपुर, पर्सा चितवन, गुलरिया बर्दियामा पनि व्यापक सहभागिताका विच सम्पन्न भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।