मलेसियामा अलपत्र र बन्धक बनेकामध्ये ६ नेपाली कामदार सोमबार नेपाल फर्कँदै

0
Shares

मलेसियामा अलपत्र र बन्धकमा परेका नेपाली कामदारमध्ये ६ जना मंगलबार नेपाल फर्कने भएका छन् । मलेसियास्थित नेपाली दूतावासको पहलमा अलपत्र र बन्धक बनेका कामदारलाई चरणबद्ध रुपमा नेपाल फर्काइने तयारी गरिएको दुतावासले जनाएको छ ।

दूतावासका अनुसार नेपालबाट मलेसियाको पिआरस फरेस्ट म्यानेजम्यान्ट कम्पनी पुगेका १३ जना नेपालीलाई रोजगारदाता कम्पनील ठगी गरेको गुनासो पाएपछि दूतावसाले सहजीकरणको प्रक्रिया शुरु गरेको थियो । दूतावासले गत २५ डिसेम्बर २०२२ र २८ डिसेम्बर २०२२ मा रोजगारदाता कम्पनीलाई पत्राचार गरि दूतावास बोलाएको थियो ।

त्यस्तै, रोजगारीमा पठाउने त्रिवेणी एचआर सोलुसनको प्रतिनिधि समेतको रोहबरमा ३० डिसेम्बर २०२२ म दूतावासमा नै छलफल भएको थियो । छलफल पछि कामदारलाई नेपाल फर्कनको लागि आवश्यक चेकआउट मेमो, हवाई टिकट, र नेपाल नफर्केसम्मका लागि बस्ने र खाने व्यवस्था गरिएको दूतावसाले जनाएको छ । १३ जनामध्ये ६ जना कामदार मंगलबार नेपाल फर्कँदै छन् भने सात जना शुक्रबार नेपाल फर्कने दूतावासले जनाएको छ ।

त्यस्तै, मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होगं इन्टरप्राइजेज कम्पनीमा पुगेका २८ जना कामदारको रोजगारदातासँग झगडा परी बन्धक बनाइएको दूतावसाले जनाएको पाएको जनाएको छ । सुचना पछि दूतावासले रिक्रुटमेन्टको प्रतिनिधि मोहम्मद जुनैद र कामदारलाई दुतावासमा नै बोलाएर छलफल गरेको थियो । छलफल पछि ९ जना नेपाली नागरिकहरु सोही काममा फर्किसकेका छन् । सात जना बुधबार नेपाल फर्कदै छन् भने १२ जना नेपालीले भने निर्णय नसुनाएको दूतावासले जनाएको छ ।

नेपाली कामदार मलेसियामा अलपत्र परेको समाचार प्रकाशन भएपछि प्रधानमन्त्री दाहालले सोमबार उद्धारको लागि प्रक्रिया शुरु गर्न आदेश दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।