सरकारले आफनो नीतिगत प्राथमिकता तथा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दे महिलालाई स्यानिटरी प्याड देखि नागरिकलाई निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरिने प्रतिबद्धता जनाएको छ ।
सरकारले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै महिलालाई स्यानिटरी प्याडका लागि बार्षिक १५ सय रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । महिनावरी हुने उमेरमा महिलालाई सुरक्षित महिनावारीका लागि सो रकम उपलब्ध गराउने सरकारको कार्यक्रम छ ।
त्यस्तै, महिलाको गर्भावस्थाको शतप्रतिशत नियमित स्वास्थ्य जाँचको पहुँच पुराउने बताएको छ । साथै दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क आपतकालीन उद्धारका लागि हवाई एम्बुलेन्सको समेत व्यवस्था गरिने भएको छ ।
त्यस्तै, ६० बर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेहजस्ता नसर्ने रोगको निशुल्क परीक्षण तथा औषधी उपलब्ध गराउने व्यवस्था गरिने सरकारले बताएको छ । साथै स्थानीय तहले लिने पञ्जीकरण शुल्क हटाउने भएको छ ।
त्यस्तै, सरकारले सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने जनाएको छ । सिँचाइलाई वर्षायामको विजुली महसुलमा ५० प्रतिशत र हिउँदयामको बिजुलीमा २५ प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिगं कम्प्लेक्स लगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरुमा ब्रोडव्याण्ड इन्टरनेट सुविधा निःशुल्क गर्ने समेत जनाएका छन् । 
कार्यक्रम मार्फत सरकारले आगामी एक बर्ष भित्रमा सबैलाई राष्ट्रिय परिचपत्र वितरण गरिने प्रतिबद्धता जनाएको छ । सरकारले पूर्णता पाएका ६ महिना भित्रमा सबैलाई नागरिकता वितरण गरिने समेत जनाएको छ।
दुई बर्ष भित्रमा सबै नागरिक समक्ष विद्युतमा पुराइने जनाएको छ । पाँच बर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरिने बताइएको छ । पाँच बर्षको अवधिमा न्यूनतम ज्याला मासिक २५ हजार पुराइने र दुई बर्षमा देशलाई पूर्ण साक्षर बनाइने सरकारको प्रतिबद्धता छ ।
दुई बर्ष भित्रमा सबै पालिका केन्द्र जोडने पक्की सडक निर्माण गर्ने, निर्माणधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरु पाँच बर्ष भित्र सम्पन्न गर्ने सरकारको प्राथमिक कार्यक्रम भित्र परेको छ । दुई बर्ष भित्रमा सुकुम्बासी, मुक्त हलिया, मुक्ता कमैया र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न समेत सरकार प्रतिबद्ध रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया