आइएमई जनरल इन्स्योरेन्सको कति तोकियो समायोजित सेयर मूल्य ?

0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको समायोजित सेयर मूल्य ५०० रुपैयाँ २८ पैसा तोकिएको छ । इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत बोनस सेयर समायोजनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ भाउ तोकेको हो ।

कम्पनीको सेयर मंगलबार अन्तिम पटक प्रतिकित्ता ५३० रुपैयाँ ३० पैसामा कारोबार भएको थियो । सोही मुल्यालई आधार मानेर नेप्सेले इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । सरकारले बुधबार पृथ्वी जयान्तीको अवसरमा सार्वजनिक विदा दिएकाले अब बिहीबार कम्पनीको समायोजनपछिको मूल्यका आधारमा नेप्सेमा सेयर कारोबार खुल्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश सहित अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले माघ ९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सो सभाका लागि पुस २७ गते बुकक्लोज गरेको हो । बुकक्लोजको आधारमा पुस २६ गते मंगलवारसम्म कायम सेयरधनी मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य ठहरिनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।