एनसीएचएलले लाभांशको रकम भुक्तानी प्रणालीको पूर्वाधारमा लगानी गर्ने

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले ३८% बोनस शेयर तथा कर प्रयोजनका निम्ती २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पुस २८ गते होटेल क्राउन इम्पेरियल, काठमाडौमा सम्पन्न कम्पनीको एघारौं वार्षिक साधारण सभाले आ.व. २०७८/७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने भएको हो । लाभांश वितरण पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रुपैयाँ पुग्नेछ ।

कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ ।

आ.व. २०७८/७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४०% ले बृद्धी भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५% प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति शेयर रु.२५५ कायम भएको छ ।

कम्पनीमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।