खुद नाफासँगै सिभिल बैंकको लाभांस क्षमतामा देखियो भारी गिरावट


सिभिल बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा, लाभांस क्षमता लगायत सूचकमा गिरावट आएको वित्तीय विबरण निकालेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ रुपैंया ९४ पैसा प्रतिशेयर आम्दानी रहेको वित्तीय विबरण निकालेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २४ पैसा थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा भने ५ अर्ब १८ करोड ५२ लाख रुपैंया चुक्ता पूँजी हुँदा बैंकको प्रतिशेयर आम्दानी आठ रुपैंया ७० पैसा थियो । अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैंया हुँदा प्रतिशेयर आम्दानी ९ रुपैयाँ २४ बाट ७ रुपैंया ९४ पैसामा झरेको हो ।

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैकले १५ करोड ८९ लाख ५० हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड ५० लाख रुपैंया खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ११ करोड २८ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

एनएफआरएस प्रणाली अनुसार सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रेगुलेटरी एडजसमेन्ट वापत ९ करोड ५३ लाख रुपैंया व्यवस्था गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६ करोड ३७ लाख रुपैयाँ व्यवस्था गरेको थियो । यो शिर्षकमा धेरै रकम व्यवस्था गरेका कारण बैंकको बितरणयोग्य मुनाफा अर्थात लाभांस क्षमतामा भारी गिरावट आएको देखिएको हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २२ लाख रुपैया रहेको बितरणयोग्य मुनाफा गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड १२ लाख रुपैयाँमा उक्लिएको भए पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईपूग्दा २ करोड ९८ लाख ४२ हजार रुपैंयामा सिमित भएको छ ।

बैकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४२ अर्ब ९१ करोड निक्षेप संकलन गरी ४४ अर्ब १८ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३९ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ४१ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड २९ लाख ३८ हजार रुपैंया खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५८ करोड ६४ लाख ५५ हजार रुपैंया खुद व्याज आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३२ करोड ५० लाख रुपैंया खुद व्याज आम्दानी गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा सिभिल बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद व्याज आम्दानी ८० प्रतिशतले बढाएको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने २.८१ प्रतिशत मात्र खुद व्याज आम्दानी बढाएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिशेयर नेटवर्थ १२८ रुपैंया ७७ पैसा छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२५ रुपैयाँ ६६ पैसा रहेको प्रतिशेयर नेटवर्थ अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १४३ रुपैयाँ २९ पैसा थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मूल्य आम्दानी अनुपात १८ गूणाले बढी छ । निष्कृ कर्जा अनुपात गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०६ प्रतिशत रहेकोमा अहिले २.९३ प्रतिशतमा झरेको छ ।

त्यसै गरी समीक्षा अवधिमा बैंकको कोषको लागत ७.६८ प्रतिशतबाट ८.२२, बेस रेट १०.९८ बाट ११.११ पुगेको छ भने कर्जा निक्षेप अनुपात ७९.९७ प्रतिशतबाट ७७.७९ प्रतिशतमा झरेको छ ।