औद्योगिक बौद्धिक सम्पति संकटमा, चोरी हुने क्रम बढ्दै, हजार बढी उजुरी

0
Shares

पछिल्लो समयमा औद्योगिक बौद्धिक सम्पति चोरी भएको गुनासो बढ्न थालेको छ । उद्योग विभागमा यस्तो सम्पति चोरी भएको भन्दै हालसम्म एक हजार ५५ वटा उजुरी परेका छन् । यो बर्ष मात्रै विभागमा चार सय वटा यस्ता उजुरी परेका छन् । गत वर्ष १ सय ७४ वटा उजुरी परेका थिए ।

दिनप्रति दिन विभागका यस्तो उजुरीको संख्या बढ्दै गए पनि फछ्यौट हुने क्रम भने न्यून छ । उजुरी गर्ने व्यक्तिको पुरा विवरण उल्लेख नहुनु, तामेलीका लागि हुलाकको भर पर्नु, समयमा इजलास बस्न नसक्नु, फछ्यौट भएपनि सजाय र जरिवाना सामान्य हुनुले पनि उजुरीको प्रभावकारीता कम भएको विभागको भनाई छ ।

विभागका अनुसार यो बर्ष २५ वटा मुद्धा मात्रै फछ्यौट भएको छ । गत बर्ष ५७ वटा मुद्धा फछ्यौट भएको थियो ।

विभागमा हालसम्म ५६ हजार २७ टेड्रमार्क दर्ता भएका छन् । २८८ डिजाइन र ८० पेटेन्ट दर्ता भएका छन् । तर, पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन समय अनुकुल परिमार्जन नहुदा विभागले प्रभावकारी रुपमा काम गर्न नसकेको विभागको भनाई छ । यद्यपी विभागले सो ऐनलाई विस्थापित गरी बौद्धिक सम्पति ऐन २०७९ ल्याउने तयारी गरेको छ । नयाँ ऐनमा जरिवाना देखि सजायको रकम बढाइएको विभागले जनाएको छ ।

हालको व्यवस्था अनुसार चोरी भएको प्रमाणित भएमा एक लाख रुपैयाँ जरिवानाको व्यवस्था छ भने नयाँ प्रस्तावित ऐनमा १० लाख जरिवाना राखिएको छ ।

ट्रेडमार्क दर्ता प्रमाणपत्र लिन यसअघि ५ हजार दस्तुर शुल्क भएकोमा अब १० हजार लिने प्रस्ताव नयाँ ऐनमा राखिएको छ ।

ट्रेडमार्क चोरी भएको, नक्कल गरेको अरुको कपी गरिएको थाहा भएमा सम्बन्धित व्यक्तिले ३५ दिन भित्र उजुरी हाल्न सकिने प्रावधान छ ।

त्यस्तै, बौद्धिक सम्पति बुलेटिनमा निस्केको ९० दिनमा अनिवार्य उजुरी दर्ता गर्नुपर्छ । प्रमाणपत्र जारी भएको एक बर्ष प्रित्र ट्रेडमार्क प्रयोग गर्नुपर्छ । प्रयोग नभएको पाइएमा विभागले खारेज गर्न सक्ने व्यवथा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७९, शुक्रबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।