मञ्जुश्री फाईनान्सको पन्ध्रौं साधारण सभा सम्पन्न


मञ्जुश्री फाईनान्सले पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस २९ गते थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँबानेश्वरमा सम्पन्न साधारण सभाले नियमित प्रस्तावहरु पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पनि साधारण सभाले पारित गरेको छ ।

फाइनान्सले सेयरधनीलाई कुनै किसिमको प्रतिफल दिने प्रस्ताव गरेको थिएन ।

केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको फाइनान्सको २०७९ मंसिर मसान्तसम्ममा १ अर्ब ३५ करोड चुक्ता पुँजी कायम गरी ५० करोड डिवेन्चर जारी गरेको छ । फाईनान्सले उक्त अवधिमा १२ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरि ११ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र एटीएम लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।