पेप्सीको आधिकारिक बिक्रेता बरुण बेभरेजको ८ अर्बको कारोबार

0
Shares

पेप्सीको आधिकारिक बिक्रेता बरुण बेभरेजको आम्दानी गत वर्षको तुलनामा आकर्षक रुपमा बढेको छ ।

सन् २०२१ मा ६ अर्ब ५४ करोड २० लाख परिष्कृत आम्दानी गरेको बरुण बेभरेजको आम्दानी सन् २०२२ मा २२ प्रतिशतले बढेर ८ अर्ब २ करोड ४० लाख (अपरिष्कृत) पुगेको हो ।

कम्पनीको आम्दानीमा वृद्धि भएता पनि डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको नाफामा भने गिरावट आएको छ । गत वर्ष कुल आम्दानीको २६.३ प्रतिशत रहेको सो नाफा यो वर्ष २१.२ प्रतिशतमा खुम्चिएको छ ।

सन् १९८५ मा स्थापना भएको कम्पनीले पेप्सी, माउन्टेन डीउ, स्लाइस, मिरिन्डा, ७अप, एक्वाफिना, सोडा ब्रान्डनामबाट सफ्ट ड्रिङ्कसहरुको उत्पादन गर्दै आएको छ। 

२ अर्ब ४८ करोड ८० लाख बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस अघि कर्जाकै सम्बन्धमा कम्पनीले गरेको रेटिङ घटुवा गरेको छ । कर्जाको जोखिम मापनका लागि आवश्यक पर्ने कम्पनीहरुको बारेमा अध्ययन गर्नका लागि कम्पनीले आवश्यक जानकारी नदिएका कारण रेटिङमा गिरावट आएको इक्राले जनाएको छ ।

यस अघि दीर्घकालीन कर्जाका लागि ए१ प्लस रेटिङ गरेको कम्पनीले अहिले रेटिङ घटाई ए१ रेटिङ गरेको छ भने कम्पनीलाई ‘इस्सुअर नट कोपअरेटिङ’को सूचीमा वर्गीकरण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।