आरएसडिसी लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ३०७ रुपैंया तोकियो


आरएसडिसी लघुवित्तको प्रतिकित्ता शेयर मूल्य ३०७ रुपैंइा ५५ पैसा निर्धारण गरिएको छ ।

लघुवित्तले बितरण गर्न लागेको बोनसलाई दोस्रो बजारको शेयरमूल्यमा समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरिएको हो । शुक्रबार बुकक्लोज गरे पछि नेप्सेमा लघुवित्तको शेयर मूल्य समायोजन गरिएको हो ।

लघुवित्तले ६ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि सहित १० प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्न मंसिर १३ गते साधारण सभा बोलाएको छ ।