औद्योगिक विकासबाट मात्रै रोजगारीका लागि पलायन हुने जनशक्तिलाई रोक्न सकिन्छ: उद्योग मन्त्री

0
Shares

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक विकासबाट मात्रै नेपालमै नयाँ रोजगारीका अवसरहरु बढाउन सकिने बताएका छन् ।
उनले उद्योग परिसंघका प्रतिनिधिहरुसंग भेटमा रोजगारीको अभावमा पलायन भैरहेका जनशक्तिलाई रोक्न समेत नयाँ रोजगारीका अवसरहरु बढाउन जरुरी भएको बताएका हुन ।

रोजगारका लागि विदेशीने क्रमलाई कम गर्ने लक्ष्य रहेको बताउादै मन्त्री भण्डारीले रोजारीका अवसर वृद्धि औद्योगिक विकासबाट मात्रै सम्भव भएकाले परिसंघसाग सहकार्य गरी अघि बढ्ने जनाए । परिसंघले अर्थतन्त्र सुधारका लागि दिएका सुझाव क्रमिक रुपमा छलफल गरेर कार्यान्वयनका लागि अघि बढ्ने प्रतिबद्धता मन्त्रीले जनाएका छन ।

नेपाल उद्योग परिसंघले उद्योगीमैत्री वातावरण बनाउन र व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न मन्त्री भण्डारीलाई सुझाएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्री भणडरीसंग विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको थियो । अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए ।

चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गर्दै अध्यक्ष अग्रवालले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने बताए । पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन समेत उनले आग्रह गरेका थिए।

आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि अग्रवालले आग्रह गरेका छन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।