५२ रुपैंया शेयरमूल्य रहेको युनियन हाइड्रोले कमायो ७० लाख


युनियन हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष अन्त्यसम्ममा १ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा रहेको हाइड्रो नाफा कमाउने बाटोमा लागेको हो ।

विद्युत बिक्रीबाट २ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोले अन्य स्रोतबाट ४ हजार रुपैयाँ आम्दानी गरेको छ । सञ्चालन खर्च २ करोड रुपैयाँ रहेकाले हाइड्रोको खुद नाफा प्रभावित बनेको हो ।

७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोष चालु आर्थिक वर्षको खुद नाफा समायोजन गरेर पनि ८ करोड ७९ लाख रुपैयाँले ऋणात्मक छ ।

दोस्रो बजारमा शेयरमूल्य ५२ रुपैयाँ रहेको हाइड्रोपावरको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७७ पैसा छ । कम्पनीले गत चैत दोस्रसो साता ३४ लाख ६३ हजार ६५४ कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।