एनएचपीसीले बुझायो पश्चिम सेतीको इनिस्पेक्सन रिपोर्ट

0
Shares

वर्षौदेखि उल्झनमा रहँदै आएको पश्चिम सेती जलविद्युत् आयोजना पुनः उल्झनका बीच भारतीय सरकारी कम्पनी नेसनल हाईड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) इन्डियाले आयोजना सम्बन्धी निरिक्षण प्रतिवेदन (इनिस्पेक्सन रिपोर्ट) लगानी बोर्डमा पेश गरेको छ ।

गत कार्तिकमा ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरवको सो जलविद्युत् आयोजना निर्माणको सर्वेक्षण अनुमति प्राप्त गरेअनुसार इनएचपीसीले विहीबार सो प्रतिवेदन बुझाएको हो । अनुमतिपत्र अनुसार एनएचपीसीले तीन महिना भित्र यस्तो रिपोर्ट बुझाउनु पर्ने प्रावधान अनुसार बिहीबार यो रिपोर्ट पेश गरिएको हो ।

एनएचपीसीका अधिकारीहरुले स्थलगत अनुगमन गरी आयोजनाको विस्त्रित परियोजना अध्ययनका लागि गर्नुपर्ने अध्ययन र त्यसका विधिहरु सो रिपोर्टमा समावेश छन् । खास गरी आयोजनाको वातावरणीय भौगर्भिक अध्ययनसम्बन्धी विवरण बाँध तथा अन्य संरचना निर्माणबारे गर्नुपर्ने आवश्यक अध्ययन्का विधि, त्यसको कार्यविवरण र कार्यावधि पनि सो रिपोर्टमा समावेश गरिएको छ । बोर्डले सो रिपोर्टको अध्ययन गरेर १५ दिनमा राय सुझाव एनएचपीसीलाई दिनेछ । अध्ययन गर्ने विषयबस्तु छुटेको अथवा विधि तथा समयसिमा सवैको अध्ययन बोर्डले गरेर त्यसलाई अझै बस्तुपरक बनाउने छ ।

सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा पश्चिम सेती निर्माण गर्न आयोजना अगाडि बढाउन भारतीय कम्पनी एनएचपिसीलाई जिम्मा दिएको हो । १९८१ मा एक फ्रान्सेली कम्पनीले पहिलो पटक पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन गरेको थियो । अस्ट्रेलियाको स्मेकले पनि पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने भन्दै सन् १९९७ मा सरकारसँग परियोजना निर्माणको सम्झौता गरेको थियो ।

स्मेकले वित्तीय व्यवस्थापन गर्न नसकेपछि सन् २०११मा स्मेमसँगको संझौता सरकारले खारेज गरेको थियो । त्यसको १ वर्षपछि  सन् २०१२ मा सरकारले चिनियाँ कम्पनी सिटीजिआइलाई पश्चिम सेती निर्माणको जिम्मा दिएको थियो तर सिटीजीआईले पनि आयोजना अगाडि बाउन नसकेपछि उसँगको संझौता पनि खारेज भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार  १९ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।