निकासी पैठारी संघद्धारा नगद मार्जिन खारेजीको स्वागत, आर्थिक क्रियाकलाप बढाउने अपेक्षा

0
Shares

नेपाल समुद्रपार निकासी पैठारी संघले नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने गरी १३ महिना अघि लागु गरेको नियम खारेज गरेकोमा स्वागत गरेको छ ।

१३ सय वस्तु आयातको लागि एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायको लागत बढाइ आर्थिक क्रियाकलाप नै खुम्चाई दिएको थियो । जसको परीणाम स्वरुप सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । नगद मार्जिन खारेजीले व्यवसायको लागत घटाउने र आर्थिक क्रियाकलाप बढाउने अपेक्षा यस संघले गरेको छ ।

त्यसैगरी आयातको भुक्तानी टिटि, डिडि, डिएपी र डिएएजस्ता माध्यबाट समेत गर्न पाउने प्रावधानले व्यापार सहजीकरण तथा लागत कटौतीमा योगदान गर्ने संघका महासचिव अनिल कुमार अग्रवालले बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।