ट्वीटरले दुई महिनामै हटायो ५२ सय कर्मचारी


सामाजिक सञ्जाल ट्वीटरले दुई महिनामै ५२ सय कर्मचारी कटौती गरेको छ ।

इन्डिया टुडेका अनुसार नोभेम्बर महिनामा ट्वीटरमा कुल कर्मचारी सङ्ख्या ७ हजार ५०० रहेको थियो । ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरिरहेको ट्वीटरमा हाल २ हजार ३०० कर्मचारी रहेको एलन मक्सले जनाएका छन् ।

सन् २०२२ को अक्टोबर महिनामा एलन मक्सले ४४ बिलियन डलरमा ट्वीटर अधिग्रहण गरेका थिए । त्यस लगत्तै उनले ट्वीटरका मुख्य अधिकारीहरुलाई हटाउँदै ५० प्रतिशतले कर्मचारी हटाउने निर्णय गरेका थिए । सोहि निर्णय स्वरुप ट्वीटरले ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।