नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ३७ प्रतिशतले बढ्यो, नाफा कति ?


नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड २१ लाख ८३ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १ अर्ब ३७ करोड ५६ लाख १५ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क ३९ प्रतिशतले बढेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड ४९ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ३५.७९ प्रतिशतले बढेको हो ।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ९३ लाख ६९ हजार रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ५६ करोड ६१ लाख ६१ हजार रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ९ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३ अर्ब ७४ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा २८ अर्ब ६४ करोड ९३ लाख, जगेडा कोषमा ६५ करोड ७४ लाख र महाविपत्ती कोषमा २२ करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।

कुल ७ लाख ४५ हजार २६ बीमालेख जारी गरेको इन्स्योरेन्सले ५ हजार ३७० दाबी वापत ६४ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २६ करोड ६७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३५ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात २९.३२ गुणाले बढी छ ।