भुसाल ग्रुपको बीएस मोटर्सलाई ७९ करोड कर्जाका लागि ए–४ रेटिङ

0
Shares

व्यापारिक घराना भुसाल ग्रुपको संलग्नता रहेको बीएस मोटर्सले ७९ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ७९ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ पुन: पुष्टि गरेको छ । यसअघि रेटिङ एजेन्सी केयरले आवश्यक कर्जा भन्दा कम रकमको रेटिङ गरेपछि कम्पनीले पुनः रेटिङ गराएको हो । केयरले यसअघि ६१ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गरेको थियो ।

ग्रुपद्धारा सञ्चालित बीएस मोटर्सले सन् २०२२ मा ६३ करोड २० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा कम्पनीको आम्दानी ४०५.६० प्रतिशतले बढेको हो । सन् २०२१ मा बीएस मोटर्सको सञ्चालन आम्दानी १२ करोड ५० लाख रहेको थियो ।

बीएस मोटर्स निर्माण उपकरण उत्पादक कम्पनी न्यू होल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको छ । सन् २०२२ मा मात्रै कम्पनीले १०३ वटा न्यू होल्यान्ड ब्याकहुज लोडर बिक्री गरको छ । यस अघि सन् २०२१ मा कम्पनीले ३१ वटा ब्याजकुज लोडर मात्रै बिक्री गरको थियो । निर्माण साधनको बिक्रीदरमा सकारात्मक सुधार आउँदा कम्पनीको आम्दानीमा आकर्षक वृद्धि हुन पुगेको छ ।

बीएस मोटर्सले नेपालभर न्यू होल्यान्डका २८ वटा सब डिलर कम्पनीहरुको स्थापना गरको छ । निर्माण कार्य भव्य रुपमा अघि बढ्नु र निर्माण साधनको बिक्री बढ्दै जानुले कम्पनीको वित्तीय सूचांकहरुलाई पनि बलियो रुपमा स्थापित गरेको छ ।

सन् २०२२ मा डिप्रिसियसन, ब्याज, कर, भाडा अघिको सञ्चालन नाफा कूल आम्दानीको ९.४६ प्रतिशत रहेको छ । यसैगरी सेयरधनीहरुको सेयर र कम्पनीको कर्जाको अनुपात (गियरिङ रेसियो) २.५९ रहेको छ । यसैगरी न्यू होल्यान्ड ब्रान्ड आफैँमा लोकप्रिय ब्रान्ड रहेको छ । जसकारण मानिसहरुको आकर्षणमा परको छ ।

सन् २०१६ मा स्थापना भएको बीएस मोटर्स न्यू होल्यान्डका निर्माण साधन तथा उपकरणहरुको आधिकारिक बिक्रेता रहेको छ । स्थापनाको समयदेखि नै बीएस मोटर्सले न्यू होल्यान्डका निर्माण उपकरण र स्पेयर पार्टसको बिक्री वितरण गर्दै आएको छ । अटोमोबाइल ट्रेडिङ क्षेत्रमा एक दशक लामो अनुभव बटुलेका बालकृष्ण भुसाल कम्पनीका संस्थापक हुन् । अमृत भुसाल बीएस मोटर्समा प्रबन्ध निर्देशकको भुमिकामा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ९ माघ २०७९, सोमबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।