कृषि विकास बैंकले साढे दुई अर्बको ऋणपत्र जारी गर्न बोर्डमा दियो आवेदन

0
Shares

कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको बैंकले धितोपत्र बोर्डमा अनुमति माग गरेको छ ।

“एडिविएल कृषि विकास बैंक लि.२०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो। बैंकले १० लाख कित्ता सर्वसाधारणमा निष्काशन गर्ने छ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बैंक आफैले ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

कृषि विकास बैंक र एनआई विएल एस क्यापिटल लि. विच सम्झौता भै आवश्यक प्रक्रिया अगाडी बढी सकेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्ष्भित्र हरेक वाणिज्य बैंकले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंक ऋणपत्र निष्काशनमा लागेको हो ।