झण्डै ४ सय प्रतिशतले खुद नाफा बढाएको एउटा बैंकले ५५ लाख लाभांश वितरण गर्न सक्ने


तिनाउ डेभलपमेण्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९१ लाख १३ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८० लाख ८ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ३८८.३८ प्रतिशतले बढेको हो ।

एनएफआरएस प्रणाली अनुसार बैंकले विभिन्न किसिमका जगेडाहरुमा रकम जम्मा गरे पछि बैंकको लाभांस क्षमता ५५ लाख ८३ हजार रुपैंया कायम भएको छ ।

१ अर्ब १४ करोड ४१ लाख ६८ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १९ करोड ३४ लाख ४६ हजार रुपैंया सञ्चित छ । बैंकको रिटेण्ड अर्निङ १७ करोड ७० लाख २३ हजार रुपैंया छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैंया ३२ पैसाबाट बढेर १३ रुपैंया ६७ पैसा पुगेको छ । निष्कृय कर्जा अनुपात ०.२७ प्रतिशतबाट बढेर ०.८१ प्रतिशतमा पुगेको बैंकको कोषको लागत ९.२४ प्रतिशतबाट घटेर ८.६० प्रतिशतमा ओर्लिएको छ । आधार दर १२.९६ प्रतिशतबाट १२.८१ प्रतिशतमा झरेको बैंकको कर्जा निक्षेप अनुपात ७३.७३ प्रतिशतबाट ७२.८२ प्रतिशतमा झरेको छ ।

बैंकको मूल्य आम्दानी अनुपात १३२.३८ प्रतिशत रहेको बैंकको मूल्य आम्दानी अनुपात १०.७५ प्रतिशतले बढी छ ।