रिलायबल नेपाल लाइफको खुद नाफा ५ करोड ८१ लाख रुपैयाँ,६० करोड रुपैयाँको आईपिओ निष्काशनको चरणमा

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा आर्थिक बर्ष २०७६।७७को पलिो त्रैमासमा ५ करोड ८१ लख रुपैयाँ पुगेको छ। ६ करोड ८१ लाख आम्दानी गरेको इन्स्योरेन्सले १ करोड खर्च गरेको हो । गत आवको यसै अवधिमा कम्पनीले ५ करोड २५ लाख मुनाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सले ३८ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा ६ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले २२ करोड २१ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले ११ लाख ३३ हजार ६२३ बीमालेखबाट २ अर्ब १८ करोड २७ लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ । यस्तै लगानी कर्जा तथा अन्य आयबाट २ करोड १६ लाख कमाएको छ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वार्षिक १६ रुपैयाँ ६१ पैसा तथा प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५७ पैसा रहेको छ ।
इन्स्योरेन्सको जगेडा कोषमा ४९ करोड ९५ लाख रुपैयाँ सञ्चित छ । उसले जीवन बीमा कोषमा ७१ करोड १८ लाखर महाविपत्तिमा १ करोड २४ लाख सञ्चित छ ।

यस अवधिसम्म कम्पनीले १ हजार २८७ संख्यामा परेको दाबी वापत १८ करोड ६९ लाख ५३ हजारको भुक्तानी गरेको छ ।  बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्न रिलायबल लाईफले ६० करोड रुपैयाँको आईपिओ निष्काशनको चरणमा रहेको छ ।