एलआइसीले २ अर्ब ३४ करोडको हकप्रद बेच्न प्रक्रिया अघि बढायो

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले २ अर्ब ३४ करोड ६८ लाख बराबरको हकप्रद सेयर बिक्रीको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई हकप्रद शेयरको विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले १ः०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति सेयर एक सय रुपैयाँ दरको २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले कुल २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरकेो हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय पुतलीसडक, काठमाण्डौमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।