युनाइटेड इन्स्योरेन्सको खुद बीमा शुल्क र नाफा दुबै बढ्यो

0
Shares

युनाइटेड इन्स्योरेन्स को चालु आवको पहिलो त्रैमासमा खुद नाफा र खुद बीमा शुल्क दुबै बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको खुद नाफा १४.६६ प्रतिशत बढेर १ करोड १८ लाख रुपैयाँ पुगेको हो।

यस्तै यस अवधिमा इन्स्योरेन्सले ८ करोड ४९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ७ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट २ करोड ३३ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट २ करोड १३ लाख तथा लगानी कर्जाै तथा अन्य आयबाट ५२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा ६ करोड ६९ लाख रुपैया, बीमा कोषमा ३३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित छ ।

केही समयअघि बीमा समितिले तोकेको पूँजी कायम गर्न २४० प्रतिशत हकप्रद जारी गरेको कम्पनीले सो हकप्रद जोडेको छैन । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड कायम हुनेछ। इन्स्योरेन्सले बिक्रीमा ल्याएको ७२ लाख ५७ हजार कित्ता हकप्रद शेयरमा १ लाख ५७ हजार ६४९ कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता साधारण शेयरगरी कुल ४ लाख ९९ हजार १९२ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमा आउँदैछ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात १५.६२ गुणा बढी छ ।

इन्स्योरेन्सले यस अवधि सम्ममा २३ हजार ५३२ बीमालेख जारी गरि १८ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । ४८३ वटा दाबी वापत ४ करोड ४४ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । यस्तै एक हजार ८१८ वटा दाबी वापत ३० करोड ३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। यस अवधिमा इन्स्योरेन्सको ८ हजार ९१७ बीमाले नविकरण भएका छन् ।