सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क दोब्बर, नाफामा गिरावट

0
Shares

सानिमा लाइफ इन्स्योरेन्सको चालु आवको पहिलो त्रैमासमा खुद बीमा शुल्क गत आवको तुलनामा दोब्बर भएको छ । गत आवको यसै अवधिमा ६ करोड ५८ लाख खुद बीमा शुल्क आर्जन गरेको यस इन्स्योरेन्सले १३ करोड ६८ लाख आर्जन गरेको हो।

कम्पनीले एक करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ। सञ्चालनको छोटो समयमा नै गत आवको यसै अवधिमा कम्पनीले २ करोड २३ लाख मुनाफा कमाएको थियो। कम्पनीको व्यवस्थापन खर्च बढदा मुनाफा घटेको हो।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट आम्दानी गरेको छैन भने लगानी कर्जा तथा अन्य आयबाट ४८ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १६ करोड ४१ लाख रुपैया, बीमा कोषमा ३० करोड २ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ७२ लाख रुपैयाँ सञ्चित छ ।

बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले ६० करोडको आईपीओ जारी गर्नेछ । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब कायम हुनेछ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६६ पैसा देखिन्छ ।

इन्स्योरेन्सले यस अवधि सम्ममा १९ हजार ५६२ बीमालेख जारी गरि ६५ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस त्रैमासमा मात्र कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन आर्जन गरेको छ।

५ वटा दाबी वापत ४६ लाख २३ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी छैन।