रिलायन्स कम्पनीका रिटेल स्टोरले सुरु गरे विद्युतीय रुपैयाँमा कारोबार

0
Shares

भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको विद्युतीय रुपैयाँ (इ–रुपैयाँ) मा रिलायन्स कम्पनीका रिटेल स्टोरहरुले कारोबार सुरु गरेका छन् ।

सुरुवाति चरणमा रिलायन्स कम्पनीको मुम्बईमा रहेको रिटेल स्टोरमा ई–रुपैयाँद्धारा भुक्तानी लिँदै आएको थियो । मुम्बईको रिटेल स्टोरमा इ–रुपैयाँको भुक्तानी प्रक्रिया सफल भएपछि कम्पनीले देशभरका १७ हजार रिटेल स्टोरमा विद्युतीय रुपैयाँ अर्थात् ई–रुपैयाँबाट कारोबार सुरु गरेको हो ।

रिलायन्स रिटेलले आइसीआइसीआई बैंक, कोटाक महिन्द्रा बैंक र इनोभीटि टेक्नोलोजिजसँगको सहकार्यमा केन्द्रीय बैंकले जारी गरेको डिजिटल करेन्सी (सीबिडिसी) प्रयोगमा ल्याएको जनाएको छ ।

भारतीय केन्द्रीय बैंकले सन् २०२२ को डिसेम्बर महिनाबाट सीबिडिसीको पाइलट परियोजना लञ्च गरी परीक्षण सुरु गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ माघ २०७९, बिहिबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।