जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलनमा झिनो वृद्धि, साढे ७१ अर्ब बढी संकलन

0
Shares

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क १.०४ प्रतिशत हाराहारीमा मात्र वृद्धि भएको छ ।  नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुले कुल ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको सोही अवधिसम्म (२०७८ साउनदेखि २०७८ पुससम्म) मा जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको पुस मसान्तसम्ममा अघिल्लो आवको सोही अवधिको तुलनामा ९ जीवन कम्पनीको बीमा व्यवसाय बढेको छ भने ९ वटा कम्पनीहरुको व्यवसाय गत आर्थिक वर्षको यसै अवधिको तुलनामा घटेको छ ।

समीक्षा अवधिमा आईएमई लाइफ, नेशनल लाइफ, महालक्ष्मी लाइफ, सानिमा लाइफ, रिलाययन्स लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), सिटिजन लाइफ, नेपाल लाइफ, र राष्ट्रिय बीमा संस्थाले अघिल्लो आवको तुलनामा व्यवसाय वृद्धि गरेका छन् ।

यस अवधिमा रिलायबल नेपाल लाइफ, गुराँस लाइफ, युनियन लाइफ, प्राइम लाइफ, मेट लाइफ, सन नेपाल लाइफ, प्रभु लाइफ, सुर्यज्योति लाइफ र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा व्यवसाय अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको हो ।

बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म (चालु आवको ६ महिना) मा कुन कम्पनीले कति संकलन गरे ?

१. नेपाल लाइफ इन्स्योरेन्सः १८ अर्ब ६३ करोड ३८ लाख ७ हजार रुपैयाँ

२. लाइफ नेपाल कर्पोरेशन (नेपाल) लिमिटेड): ८ अर्ब ७२ करोड ९३ लाख ४५ हजार रुपैयाँ

३. नेशनल लाइफ इन्स्योरेन्सः ७ अर्ब ६८ करोड ६९ लाख ९८ हजार रुपैयाँ

४. राष्ट्रिय बीमा संस्थानः ६ अर्ब १४ करोड ५० लाख ६ हजार रुपैयाँ

५. सूर्यज्योति लाइफः ४ अर्ब १५ करोड ४३ लाख ५० हजार रुपैयाँ (सुर्या लाइफः २ अर्ब ८ करोड ४७ लाख ६५ हजार रुपैयाँ र ज्योति लाइफको १ अर्ब ४७ करोड १३ लाख ५४ हजार रुपैयाँ तथा एकीकृत कारोबारपछि संकलन भएको ५९ करोड ८२ लाख ३१ हजार रुपैयाँ सहित)

६. युनियन लाइफः ३ अर्ब ७५ करोड १९ लाख ४० हजार रुपैयाँ

७. एशियन लाइफः ३ अर्ब ४६ करोड २६ लाख ३२ हजार रुपैयाँ

८. सिटिजन लाइफः २ अर्ब ६६ करोड ४४ लाख ९९ हजार रुपैयाँ

९. मेट लाइफः २ अर्ब ५० करोड २३ लाख ५९ हजार रुपैयाँ

१०. प्राइम लाइफः २ अर्ब २६ करोड ४८ लाख ९४ हजार रुपैयाँ

११. आइएमई लाइफः १ अर्ब ९५ करोड ३३ लाख ७२ हजार रुपैयाँ

१२. सन् नेपाल लाइफः १ अर्ब ९४ करोड ४१ लाख २४ हजार रुपैयाँ

१३. रिलायबल नेपाल लाइफः १ अर्ब ७८ करोड ६५ लाख ०३ हजार रुपैयाँ

१४. गुराँस लाइफः १ अर्ब ४३ करोड ३९ लाख ५४ हजार रुपैयाँ

१५. सानिमा लाइफः १ अर्ब २४ करोड ७४ लाख ८२ हजार रुपैयाँ

१६. रिलायन्स लाइफः १ अर्ब ५० करोड ३० लाख २७ हजार रुपैयाँ

१७. प्रभु लाइफः १ अर्ब ३ करोड ७६ लाख ७२ हजार रुपैयाँ

१८. महालक्ष्मी लाइफः ७५ करोड ९० हजार रुपैयाँ

 

अघिल्लो आवको ६ महिनाको तुलनामा कसको कति बढ्यो–कति घट्यो ?

आईएमई लाइफः १९.३६ प्रतिशत बढ्यो

नेशनल लाइफः १३ प्रतिशत बढ्यो

महालक्ष्मी लाइफः ७.८८ प्रतिशत बढ्यो

सानिमा लाइफः ५.८५ प्रतिशत बढ्यो

रिलाययन्स लाइफः ४.०२ प्रतिशत बढ्यो

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल): ४.०२ प्रतिशत बढ्यो

सिटिजन लाइफः २.५९ प्रतिशत बढ्यो

नेपाल लाइफः १.३२ प्रतिशत बढ्यो

राष्ट्रिय बीमा संस्थानः ०.७६ प्रतिशत बढ्यो

रिलायबल नेपाल लाइफः १२.९८ प्रतिशत घट्यो

गुराँस लाइफः ११.७२ प्रतिशत घट्यो

युनियन लाइफः ९.०४ प्रतिशत घट्यो

प्राइम लाइफः ८.५३ प्रतिशत घट्यो

मेट लाइफः ६.२२ प्रतिशत घट्यो

सन नेपाल लाइफः ५.३३ प्रतिशत घट्यो

प्रभु लाइफः ०.७८ प्रतिशत घट्यो

सुर्यज्योति लाइफः ०.५७ प्रतिशत घट्यो

एशियन लाइफ इन्स्योरेन्सः ०.०५ प्रतिशत घट्यो

चालु आवको ६ महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको २६ प्रतिशत हिस्सा बराबरको बीमाशुलक संकलन गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको हिस्सा सबैभन्दा कम १.०५ प्रतिशत रहेको छ । यस्तै लाइफ नेपाल कर्पोरेशन (नेपाल)को प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान, सूर्यज्योति लाइफ र युनियन लाइफ इस्योरेन्सको कुल बीमाशुल्क संकलन जीवन बीमा क्षेत्रको कुल संकलनको ५ प्रतिशतभन्दा धेरै रहेको छ ।

जीवन बीमा कम्पनीहरुले चालु आवको पुसमसान्तसम्म १ करोड ४१ लाख ९ हजार १५० वटा बीमालेख जारी गरेर कुल ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

मुलुकभित्र हाल १८ वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये ११ कम्पनी नेप्सेमा सूचीकृत छन् भने ७ कम्पनी सूचीकृत रहेका छैनन् । अमेरिकी लगानी रहेको मेट लाइफ, सरकारी स्वमित्वको राष्ट्रिय बीमा संस्थान, सहित सर्वसाधारणमा सेयर जारी गर्न बाँकी रहेका पाँच कम्पनीहरु आइएमई लाइफ, महालक्ष्मी लाइफ, सिटिजस लाइफ, सन् नेपाल लाइफ र रिलायबल नेपाल लाइफ नेप्सेमा सूचीकृत रहेका छैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।