कुमारी बैंकका कार्डवाहकलाई माइकल ग्रिल्समा छुट


कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा।लि बीच कुमारी बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आर्कषित भईरहेको अवस्थामा डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्न यस्तो सहकार्य गरिएको कुमारी बैंकले जनाएको छ ।

सहकार्य पश्चात् कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड वाहकहरु र मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले माइकल ग्रिल्स प्रा।लि. को मध्य बानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याउने बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।