झन् झन् शिखर चढ्दै शिखर इन्स्योरेन्स, सूचकहरुमा यस्तो परिवर्तन


शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड १४ लाख १५ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १० करोड ५७ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले १४.८५ प्रतिशतले खुद नाफा बढाएको हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ९ करोड ५५ लाख रुपैंया खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासबाट गत आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा इन्स्योरेन्सले खुद नाफा १०.६४ प्रतिशतले बढाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिखरले ४५ करोड ८३ लाख रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पुनर्बीमा कमिशनबाट १२ करोड ८७ लाख रुपैंया आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ११ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी ४ करोड ७३ लाख रुपैयाँबाट बढाएर ५ करोड २७ लाख रुपैंया पुर्याएको छ ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार रुपैंया रहेकोको इन्स्योरेन्सको जगेडा कोषमा ५१ करोड ७७ लाख रुपैंया सञ्चित छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सको जगेडा कोषमा २९ करोड ५६ लाख रुपैंया सञ्चित थियो ।

समिक्षा अवधिमा इन्स्योरेन्सको बीमा कोष ९० करोड ४० लाख रुपैयाँबाट १ अर्ब ११ करोड ८० लाख रुपैंया पुर्याएको छ ।

इन्स्योरेन्सले महाविपत्ति कोषको आकार समीक्षा अवधिमा ५ करोड २९ लाख रुपैयाँबाट ७ करोड ३९ लाख रुपैंया पुर्याएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले ९४ हजार ७०५ वटा बीमालेख जारी गरी ९२ करोड ६ लाख ३१ हजार रुपैंया कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ७९ हजार १३० वटा बीमा लेखा जारी गरी ८७ करोड ३० लाख ३९ हजार रुपैंया कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १६ हजार ८३८ वटा बीमालेश नवीकरण गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १४ हजार १०२ बीमालेख नवीकरण गराएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले १ हजार ८९३ दाबी वापत गरेको ३६ करोड ८ लाख रुपैयाँ भुक्तानीलाई ४१ करोड ८१ लाख रुपैंया पुर्याएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ हजार १९८ दाबीमा लागि ८२ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकोमा अहिले ४ हजार २९७ दाबी वापत ८९ करोड ८१ लाख रुपैंया भुक्तानी गर्न बाँकी छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९९ पैसाबाट ४५ रुपैंया ९ पैसा पुगेको छ । त्यसै गरी प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४६ पैसाबाट २६१ रुपैंइा ६ पैसामा उक्लिएको छ । दोस्रो बजारमा आएको उतारचढावले इन्स्योरेन्सको मुल्य आम्दानी अनुपात २२.५ गुणा बढीबाट १५.७८ गूणा बढी कायम भएको छ ।