याडिया नेपालले चाबहिलको चुचेपाटीमा खोल्यो नयाँ शोरुम


नेपालका लागि याडिया ब्रान्डको ई(स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रा। लि। ले चाबहिलको चुचेपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले नेपालमा निरन्तर विभिन्न मोडेलहरुको प्रिमियम इ(स्कुटरहरु बिक्री गर्दै आफ्ना बिक्री र बिक्रीपछिको स्तरिय सेवालई निरन्तरता दिदै आएको छ । कुजु नेपाल प्रा। लि। ले पोखरा, चितवन, दाङ, बुटवल, पाटन, र भक्तपुरमा डिलर नेटवर्कहरु स्थापीत गरीसकेको र थप सुविधाहरु ऊपलाब्ध गराउन चुच्चेपाटी, चाबहिलमा नया शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

अझै नयाँ र बृहत् सेवाहरू उपभोक्तामाझ पुर्याउन बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

याडिया नेपालले आफ्नो विश्वव्यापी प्रिमियम मोडलहरू लिएर नेपालमा आफ्नो उपस्थिति जनाएको हो ।

सी वान एस मोडलको ८० किलोमिटर रेन्ज भएको स्कूटरको बजारमूल्य ३ लाख ७० हजार रुपैयाँ रहेको छ । त्यसैगरी ८० किलोमिटर रेन्जको जी फाइभको ३ लाख ५० हजार र ६० किलोमिटर रेन्जको एस लाइकको २ लाख ५५ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

विश्व बजारमा ९० भन्दा बढी देशहरूमा ६ करोड प्रयोगकर्ताहरूका साथै इलेक्ट्रिक मोटरसाइकल, मोपेड, साइकल र किक स्कूटरहरू सहित इलेक्ट्रिक दुई(पाङ्ग्रे सवारी साधनहरूको विकास र निर्माणमा याडिया अग्र स्थानमा छ ।

३ हजार वितरक का साथै ४० हजार बढी शोरुमहरु पनि स्तापित गरिसकेको याडियाले मानब जीवनको साझा र दिगो भविष्य निर्माणका लागि विश्वव्यापी रुपमा अनुसन्धान, विकास, उत्पादन र विस्तारमा लगानी गरिरहेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।