आइतबारदेखि कर सप्ताह मनाइँदै, उत्कृष्ट करदातालाई सम्मान गरिने


आन्तरिक राजस्व विभागले आइतबारदेखि आठौं कर दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

२०६९ साल मंसिर १ गतेदेखि मनाउन थालिएको कर दिवसलाई विभागले निरन्तरता दिँदै कर सप्ताह मनाउन लागेको हो ।

कर प्रणालीमा आवद्ध हुनेको संख्या बढ्दै गइरहेको सन्दर्भमा प्रोत्साहन, करको बारेमा जनचेतना अभिवृद्धि लगायत विषयलाई केन्द्रमा राखेर विभागले कर दिवस मनाउन लागेको हो ।

कर दिवसका विषयमा विभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक विनोद बहादुर कुँवरका अनुसार कर दिवसलाई लक्षित गर्दै ६ वटा उपसमिति गठन गरिएको छ ।

सप्ताहको पहिलो दिन आईतबार प्रज्ञा भवन कमलादीमा अर्थमन्त्री युवराज खतिवडाले कर सप्ताहको सुरुवात गर्ने छन् ।

कर दिवशमा करको परिपालना सहित सबैभन्दा बढी कर तिर्ने १५ व्यवसायीलाई सम्मान गरिने विभागले जनाएको छ ।

सप्ताहमा मंसिर २ गतेदेखि ६ गतेसम्म विभिन्न व्यवसायिक संगठनहरुले कर सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गर्ने विभागले जनाएको छ । मंसिर ७ गते नेपाल पुलिस क्लबमा कार्यक्रमको समापन हुनेछ ।

चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसारको राजस्व संकलन नहुने, चार महिनामा एक खर्ब संकलन