गुराँस लघुवित्तको आइपिओमा पहिलो दिनमै सात गुणा आवेदन

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको आइपिओमा पहिलो दिन मै सबै बिक्री भएको छ । कम्पनीको आइपिओमा पहिलो दिन सोमबार साँझ ५ बजेसम्म करिब ८२ हजार आवेदन परेको छ ।

यो अवधिसम्म कुल १५ लाख ४८ हजार कित्ता खरीदका लागि आवेदन परेको छ । जुन मागको तुलनामा झण्डै सात गुणा बढी हो ।

लघुवित्तले रु। १०० अंकित दरका कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निश्कासन गरेको हो ।

कुल निश्कासित कित्तामध्ये कम्पनीका कर्मचारीका लागि ३ हजार ८७५ कित्ता, म्युचुअल फण्डहरुका लागि १२ हजार ५०० कित्ता र २ लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

आइपीओमा छिटोमा बैशाख २० गते र ढिलोमा जेठ १४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

शेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरिरहेको छ ।