प्रिमियर स्टील नेपालको डिलरमिट बिराटनगरमा सम्पन्न


शुक्रबारबाट सुरु भएकोे ‘प्रिमियर डिलर्स मिट २०७९’ सम्पन्न भएको छ । प्रिमियर स्टील प्रा.लि.ले बिराटनगरमा आयोजित समारोहमा आफ्नो व्यवसायीक यात्राको महत्वपूर्ण सहयात्री रहेका देशभरका डिलरहरुलाइ भेला गरेर ‘प्रिमियर डिलर्स मिट २०७९’ सम्पन्न गरेको हो ।

सो कार्यक्रममा कम्पनीका तर्फबाट डाइरेक्टरहरू पवन सारडा, सौरभ सारडा, अनुपम राठी, अभिजित सिहं लगायतले कम्पनीका बारेमा जानकारी दिँदै हाल कम्पनीका उत्पादनहरू, गुणस्तर, बजार बिस्तारका योजना र भावी रणनितिका बिषयमा डिलर संचालकहरूलाइ जानकारी गराएका थिए ।

कार्यक्रममा प्रिमियर स्टीलका ब्रान्ड एम्बेसडर, राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले ‘प्रिमियर डिलर्स मिटका सहभागीलाइ हौसला बढाउदै नेपालको प्रतिष्ठित स्टील कंपनी प्रिमियर स्टीलसगं आवद्ध भएर कार्यक्रममा सहभागी हुन पाउदा गौरबको अनुभुति भएको बताएका थिए ।

सो अवसरमा डिलरहरूले पनि बजारको अहिलेको अवस्था र बजार बिस्तारका अन्य नयाँ उपायहरूका बिषयमा सुझाव प्रदान गरेको कंपनीका ब्राण्ड मेनेजर सजल राउतले बताए । सो अवसरमा सहभागी डिलरका संचालकहरूलाई उद्योगको भ्रमण गराइएको थियो ।

शारदा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा स्थापित प्रिमियर स्टील अहिले पूर्वी नेपालको विशाल उपलब्धि बन्न पुगेको छ । दैनिक ८०० टन भन्दा बढी उत्पादन क्षमता भएको यो उद्योग सुनसरीको दुहबीमा अवस्थित छ ।

नेपालमा स्टील उत्पादन गर्ने सबैभन्दा ठूलो यो कम्पनीले गुणस्तरमा बिशेष ध्यान दिदै ग्राहकको आवश्यकताहरुलाई पूरा गर्दै आएको छ ।

गुणस्तरीय उत्पादनको लक्ष्यका साथ स्थापित प्रिमियर स्टीलले देशभर ६०० वटा रिटेल आउटलेट खोल्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ माघ २०७९, आइतबार  १८ : २५ बजे