मोफसलका ६६ सहित कुल ११६ स्थानबाट गर्न सकिन्छ धितोपत्र कारोबार, यी ठाउँबाट पाइन्छ सेवा

0
Shares

धितोपत्र बजारका लगानीकर्ताले हाल उपत्यकामा रहेका ५० स्थान र मोफसल (उपत्यका बाहिर) मा रहेका ६६ वटा रिमोट वर्क स्टेशन (आरडब्लुएस) कार्यालयबाट सेयर खरिद बिक्री सेवा पाइरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्ष २०७९/८० का लागि ५० वटा ब्रोकर कम्पनीहरुले (उपत्यका बाहिर रहेका ६६ वटा आरडब्लुएस) शाखा मार्फत सेवा दिनका लागि ५० वटा ब्रोकरले सदस्यता नवीकरण गरेका छन् । यससँगै नेप्सेले सदस्यता नवीकरण गर्दै ११६ स्थानबाट धितोपत्र (सेयर तथा डिबेन्चर) को दोस्रो बजारमा कारोबार (खरीद तथा बिक्री) गर्न ५० वटा ब्रोकर कम्पनीहरुलाई अनुमति दिएको छ ।

यस्तै नागरिक लगानी कोष र नेपाल टेलिकमको मुख्य लगानीमा रहेको नागरिक स्टक डिलर कम्पनीले धतोपत्र (सेयर तथा डिबेन्चर) को दोस्रो बजारमा कारोबार (खरीद तथा बिक्री) गर्न सदस्यता नवीकरण गराएको छ ।

अनामनगरमा मुख्य कार्यालय रहेको ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रालिले सबैभन्दा धेरै ७ स्थानबाट सेयर खरिद बिक्री सेवा ब्रोकरेज सेवा दिइरहेको हो । काठमाण्डौंको मुख्य कार्यलय सहित कम्पनीले ६ स्थानमा शाखा विस्तार गरी सेवा दिइरहेको छ । कम्पनीले कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, चितवनको रत्ननगर, कैलालीको टिकापुर, दोलखाको चरिकोट र सिराहाको लाहानमा सेवा दिँदै आएको छ ।

ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटिज प्रालिले कुल ६ स्थानबाट सेवा दिइरहेको छ । अनामनगर, काठमाडौंमा मुख्य कार्यालय रहेको सो ब्रोकरले काभ्रेपलान्चोकको बनेपा, रुपन्देहीको भैरहवा, नवलपुरको कावासोती, तनहुँको दमौली र म्याग्दीको बेनीमा रिमोट वर्क स्टेशन विस्ता गरी सेवा दिइरहेको हो ।

यस्तै ब्रोकर नम्बर ५७, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लिले मुख्य कार्यलय सहित ५ स्थानमा सेवा दिएको छ । सो ब्रोकरले रुपन्देहीको बुटवल, दाङ्गको घोराही, पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा शाखा मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।

यस्तै ब्रोकर नम्बर १४ नेपाल स्टक हाउस प्रालिले मुख्य कार्यालय कालिकास्थान, काठमाडौं सहित कास्कीको पोखरा, नुवाकोटको विदुर र कैलालीको टिकापुर गरी ५ स्थानबाट सेवा दिँदै आइरहेको छ ।

थप ९ वटा ब्रोकर कम्पनीहरुले उपत्यका बाहिर दुई वटा रिमोट वर्क स्टेशन र मुख्य कार्यालय सहित कुल ३ स्थानबाट सेवा प्रवाह गर्दै आइरहेका छन् । यस अवधिमा अग्रवाल सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६) डिल्लीबजार, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.(ब्रोकर नम्बर ११) हात्तिसार, त्रिशुल सेक्यूरिटीज एण्ड इन्भेष्टमेन्ट लिमिटेड ( ब्रोकर नम्बर २९) न्यूप्लाजा, पुतलीसडक, सेक्युर्ड सेक्यूरिटिज लिमिटेड ( ब्रोकर नम्बर ३६) प्रदर्शनीमार्ग, डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज प्रालि. ( ब्रोकर नम्बर ४४) कमलपोखरी, इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालि.( ब्रोकर नम्बर ४५) अनामनगर, अनलाईन सेक्युरिटिज लिमिटेड ( ब्रोकर नम्बर ४९) पुतलीसडक, नासा सेक्युरिटिज कम्पनी लि. ( ब्रोकर नम्बर ५८) नक्साल, दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रालि (५९) पुतलीसडकले मुख्य कार्यालय काठमाण्डौं र उपत्यका बाहिर दुई गरी ३ स्थानबाट सेवा दिँदै आइरहेका हुन् ।

समीक्षा अवधिमा सञ्चालनमा रहेका ५० मध्ये ३० वटा ब्रोकर कम्पनीहरुले मुख्य कार्यालयहरुको साथै उपत्यका बाहिर एक।एक वटा शाखा विस्तार गरेर सेवा प्रवाह गर्दै आइहेका छन् ।

यस्तै सञ्चालनमा रहेका ५० मध्ये ७ वटा ब्रोकर कम्पनीहरुले उपत्यका बाहिर कुनैपनि शाखा विस्तार गरेका छैनन् । अरुण सेक्युरिटिज (ब्रोकर नम्बर ३) गौशाला, ओपल सेक्यूरिटीज इन्भेष्टमेण्ट प्रा.लि (ब्रोकर नम्बर ४) लाजिम्पाट, मार्केट सेक्युरिटिज एक्स्चेञ्ज कम्पनी प्रालि (ब्रोकर नम्बर ५) खिचापोखरी, सगरमाथा सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर १८) डिल्लीबजार, सिप्ला सेक्युरिटिज प्रा.लि. ( ब्रोकर नम्बर २०) ज्ञानेश्वर, सिप्रवी सेक्युरिटिज प्रा.लि (ब्रोकर नम्बर २२) पुल्चोक र स्वेता सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर २५) पुतलीसडकले शालसम्म उपत्यका बाहिर शाखा विस्तार गरेका छैनन् ।

यस्तो छ ब्रोकर कम्पनीहरुको सूचीः नाम, ब्रोकर नम्बर र ठेगाना

१. कुमारी सेक्युरिटिज प्रा.लि. (१) डिल्लीबजार, काठमाडौं ।

शाखाः कास्की (पोखरा)

२. अरुण सेक्युरिटिज प्रा.लि. (३) गौशाला, काठमाडौं ।

३. स्टक ब्रोकर ओपल सेक्यूरिटीज इन्भेष्टमेण्ट प्रा.लि. (४) लाजिम्पाट, काठमाडौं ।

४. मार्केट सेक्युरिटिज एक्स्चेञ्ज कं.प्रा.लि. (५) खिचापोखरी, काठमाडौं ।

५. अग्रवाल सेक्युरिटिज प्रा.लि. (६) डिल्लीबजार, काठमाडौं ।

शाखाः धनुषा (जनकपुरधाम), मोरङ्ग (विराटनगर)

६. जे.एफ.सेक्युरिटिज कं प्रा.लि. (७) न्यूरोड, काठमाडौं ।

शाखाः दाङ्ग (तुलसीपुर)

७. आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज प्रालि. (८) बत्तीसपुतली, काठमाडौं ।

शाखाः सुनसरी (इटहरी)

८. प्रज्ञान सेक्युरिटिज प्रा.लि. (१०) कमलादी, काठमाडौं ।

शाखाः मोरङ्ग (विराटनगर)

९. मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.(११) हात्तिसार, काठमाडौं ।

शाखाः ईलाम (इलाम–७), पाँचथर (फिदिम)

१०. थ्राईभ ब्रोकरेज हाउस प्रा.लि. (१३) नक्साल, काठमाडौं ।

शाखाः कास्की (पोखरा)

११. नेपाल स्टक हाउस प्रा.लि. (१४) कालिकास्थान, काठमाडौं ।

शाखाः कास्की (पोखरा), नुवाकोट (विदुर), कैलाली (टिकापुर)

१२. प्राइमो सेक्युरिटिज प्रा.लि. (१६) पुतलीसडक, काठमाडौं ।

शाखाः पर्सा (वीरगञ्ज)

१३. एबीसि सेक्युरिटिज प्रा.लि. (१७) इन्द्रचोक, काठमाडौं ।

शाखाः सुनसरी (धरान)

१४. सगरमाथा सेक्युरिटिज प्रा.लि. (१८) डिल्लीबजार, काठमाडौं ।

१५. नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि. (१९) पुरानो बानेश्वर,भिमसेनगोला, काठमाडौं ।

शाखाः मोरङ्ग (विराटनगर)

१६. सिप्ला सेक्युरिटिज प्रा.लि. (२०) ज्ञानेश्वर, काठमाडौं ।

१७. मिडास स्टक ब्रोकिङ्ग कं.प्रा.लि. (२१) कमलादी, काठमाडौं ।

शाखाः रुपन्देही (बुटवल)

१८. सिप्रवी सेक्युरिटिज प्रा.लि (२२) पुल्चोक, ललितपुर ।

१९. स्वेता सेक्युरिटिज प्रा.लि. (२५) पुतलीसडक, काठमाडौं ।

२०. एशियन सेक्युरिटिज प्रा.लि. (२६) पुतलीसडक, काठमाडौं शाखाः रुपन्देही (बुटवल)

२१. श्री कृष्ण सेक्युरिटीज लिमिटेड (२८) डिल्लीबजार, काठमाडौं ।

शाखाः मोरङ्ग (विराटनगर)

२२. त्रिशुल सेक्यूरिटीज एण्ड इन्भेष्टमेन्ट लिमिटेड (२९) न्यूप्लाजा, पुतलीसडक, काठमाडौं ।

शाखाः चितवन (भरतपुर), नवलपुर (कावासोती)

२३. प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड (३२) न्यु प्लाजा, पुतलीसडक, काठमाडौं ।

शाखाः कास्की (पोखरा)

२४. दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालि. (३३) कमलादी, काठमाडौं ।

शाखाः रुपन्देही (बुटवल)

२५. भिजन सेक्युरिटिज प्रालि. (३४) अनामनगर, काठमाडौं ।

शाखाः काभ्रेपलान्चोक (बनेपा), रुपन्देही (भैरहवा), नवलपुर (कावासोती), तनहुँ (दमौली) र म्याग्दी (बेनी)

२६. कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि (३५) कमलपोखरी, काठमाडौं ।

शाखाः कास्की (पोखरा)

२७. सेक्युर्ड सेक्यूरिटिज लिमिटेड (३६) प्रदर्शनीमार्ग, काठमाडौं ।

शाखाः झापा (बिर्तामोड), झापा (दमक)

२८. स्वर्णलक्ष्मी सेक्युरिटिज प्रालि. ३७ पुतलीसडक, काठमाडौं ।

शाखाः मकवानपुर (हेटौंडा)

२९. दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि. (३८) अनामनगर, काठमाडौं ।

शाखाः कैलाली (धनगढी), कञ्चनपुर (महेन्द्रनगर), चितवन (रत्ननगर), कैलाली (टिकापुर), दोलखा (चरिकोट), सिराहा (लाहान)

३०. सुमेरु सेक्युरिटिज प्रालि. (३९) ज्ञानेश्वर, काठमाडौं ।

शाखाः झापा (बिर्तामोड)

३१. क्रियटिभ सेक्युरिटिज प्रालि. (४०) कमलपोखरी, काठमाण्डौ ।

शाखाः काभ्रेपलाञ्चोक (बनेपा)

३२. लिन्च स्टक मार्केट लिमिटेड ४१ नयाँ बानेश्वर, काठमाडौं ।

शाखाः रुपन्देही (बुटवल)

३३. सनी सेक्युरिटिज कम्पनी लिमिटेड (४२) नक्साल, काठमाडौं ।

शाखाः चितवन (नारायणगढ)

३४. साउथ एशियन बुल्स प्रालि. (४३) कुलेश्वर, काठमाडौं ।

शाखाः झापा (बिर्तामोड)

३५. डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज प्रालि. (४४) कमलपोखरी,काठमाडौं ।

शाखाः काभ्रेपलाञ्चोक (बनेपा), चितवन (भरतपुर)

३६. इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालि.(४५) अनामनगर, काठमाडौं ।

शाखाः सुर्खेत (विरेन्द्रनगर), बाँके (नेपालगञ्ज)

३७. कालिका सेक्युरिटिज प्रालि. (४६) अनामनगर, काठमाडौं ।

शाखाः बाँके (नेपालगञ्ज)

३८. निभ सेक्युरिटिज प्रालि. (४७) पुतलीसडक,काठमाडौं ।

शाखाः सुनसरी (इटहरी)

३९. त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड (४८) पुतलीसडक, काठमाडौं ।

शाखाः कास्की (पोखरा)

४०. अनलाईन सेक्युरिटिज लिमिटेड (४९) पुतलीसडक, काठमाडौं ।

शाखाः नुवाकोट (विदुर), सुनसरी (धरान)

४१. क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि (५०) न्यूप्लाजा, काठमाडौं ।

शाखाः मोरङ्ग (विराटनगर)

४२. अक्सफोर्ड सेक्युरिटिज प्रालि. (५१) कालिमाटी, काठमाडौं ।
शाखाः चितवन ( भरतपुर)

४३. सुन्धारा सेक्युरिटिज लिमिटेड (५२) बागदरबार, काठमाडौं ।

शाखाः लमजुङ्ग (बेंशिसहर)

४४. इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालि. (५३) त्रिपुरेश्वर, काठमाडौं ।

शाखाः कास्की (पोखरा)

४५. सेवा सेक्युरिटिज प्रालि (५४) त्रिपुरेश्वर, काठमाडौं ।

शाखाः मकवानपुर (हेटौंडा)

४६. भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालि. (५५) न्यूरोड, काठमाडौं ।

शाखाः सुनसरी (इटहरी)

४७. श्री हरि सेक्युरिटिज प्रा.लि. (५६) कमलादी, काठमाडौं ।

शाखाः झापा (विर्तामोड)

४८. आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. (५७) अनामनगर, काठमाडौं ।
शाखाः रुपन्देही (बुटवल), दाङ्ग (घोराही), पाल्पा (तानसेन) र रुपन्देही (भैरहवा)

४९. नासा सेक्युरिटिज कम्पनी लि. (५८) नक्साल, काठमाडौं ।

शाखाः पर्सा (वीरगञ्ज), धनुषा (जनकपुरधाम)

५०. दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रालि (५९) पुतलीसडक, काठमाडौं ।

शाखाः बाग्लुङ्ग (बाग्लुङ्ग–२) , पर्वत (कुश्मा)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।