उत्कृष्ट करदाता बनेको कामना सेवाले ५६७ प्रतिशतले बढायो खुद नाफा, लाभांस क्षमता भने ऋणात्मक


कर दिवशका अनवसरमा उत्कृष्ट करदाता बनेको कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २७ लाख ८८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ५६७.१४ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानीका साथै सञ्चालन मुनाफामा आएको सुधारले बैंकको कमाई बढेको हो । नियामकीय जगेडा कोषमा अढाई करोड रुपैंया व्यवस्था गरेकाले बैंकको लाभांस क्षमता भने ऋणात्मक बनेको छ । बैंकको बितरणयोग्य मुनाफा ९८ लाख ७ हजार रुपैंयाले ऋणात्मक छ ।

२ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५२ करोड ५९ लाख ६९ हजार रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा ३३ करोड २७ लाख५९ हजार रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको जगेडा कोषमा ५३ करोड १३ लाख ६९ हजार रुपैंया तथा शेयरधनी कोषमा १७ करोड ३६ लाख ५५ हजार रुपैंया सञ्चित थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४५ पैसाबाट २ रुपैंया ९४ पैसामा उक्लिएको छ । १३३ रुपैंया ८१ पैसा प्रतिशेयर नेटवर्थ रहेको बैंकको मूल्य आम्दानी अनुपात ४७.९५ गुणाले बढी छ ।