भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ आजदेखि


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज (फागुन ८ गते) देखि बिक्री खुला भएको छ । कम्पनीले ६ करोड ५२ लाख ८६ हजार ४०० रुपैयाँ बराबरको आईपीओ खुला गरेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ५ लाख ४४ हजार ५३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८ हजार ८११ कित्ता गरी कुल ६ लाख ५२ हजार ८६४ कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि खुला हुने निष्काशन छिटोमा फागुन २५ गते बन्द हुनेछ । स्थानीय बासिन्दाहरुका लागि खुला हुने सेयर छिटो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने फागुन २५ गतेसम्म खुला हुनेछ । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कहाँबाट भर्ने ?

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मेरो सेयरको मोबाइल एप, मेरो सेयर अनलाइन सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट सि आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

कम्पनीका बारेमा

दैलेख जिल्लाको द्धारी वडा नम्बर ३ मा आयोजना रहेको कम्पनीको काठमाण्डौंको नयाँ बानेश्वरमा कार्यालय रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ फागुन ५ गते दर्ता भएकोमा २०७४ कार्तिक १४ गते पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो ।

कम्पनीले दैलेख जिल्लामा ३।७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजना प्रवद्र्धन गरिरहेको छ । आयोवजनको प्रतिमेगावाट १९ करोड ५१ लाख ९४ हजारको हिसाबले कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७८\७९ अनुसार कम्पनीको सञ्चित नोक्सानी १२ करोड ३२ लाख ६२ हजार रुपैयाँ रहँदा वािर्षक प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा तथा प्रतिसेयर नेटवर्थ ६७.६३ रहेको छ । आगामी तीन वर्षपछि कम्पनीको सञ्चित नाफा ९६ लाख ३४ हजार रुपैयाँ रहँदा वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा तथा प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ७७ पैसा पुग्ने अनुमान रहेको छ । जलविद्युत आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन ८.२४ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०।४१ वर्ष लाग्ने कम्पनीले जनाएको छ । आयोजनाको विद्युत उत्पादन अनुमति अवधि २५ वर्ष बाँकी छ ।

कम्पनीको अध्यक्षमा काठमाण्डौंका सौरभ अज्र्याल रहेका छन् भने राजेन्द्र प्रसाद गौतम, संगिता शर्मा, सन्त कुमार अज्र्याल र रञ्जन कुमार श्रर्मा सञ्चालक रहेका छन् । आयोजनको प्रबन्धकमा सुवर्ण खरेल र परियोजना प्रबन्धकमा प्रकाश कुमार मण्डल रहेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।