श्रीलंकाको कोलम्बो पोर्ट सिटीले ८७ हजार रोजगारी सिर्जना गर्ने


श्रीलंकाको कोलम्बो पोर्ट सिटीले करिब ८७ हजार रोजगारीका अवसरहरू सिर्जना गर्ने भएको छ । 

विदेशमन्त्री अली साब्रीले बुधबार संसद्मा सो कुरा बताएका हुन् । श्रीलंकालाई आर्थिक हब बनाउन यो परियोजनाले ठूलो भूमिका खेल्ने साब्रीको विश्वास छ ।

मन्त्रीले कोलम्बो बन्दरगाह देशको निर्यातमुखी अर्थतन्त्रको केन्द्र बन्ने र श्रीलंकाले विगतबाट पाठ सिकेर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने र पोर्ट सिटी आयोजनालाई देशको विकासको आश्रयस्थल बनाउने पनि उल्लेख गरेका छन् । कोलम्बो पोर्ट सिटी इकोनोमिक कमिसन ऐनमाथिको संसदीय बहसमा मन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।