एकै दिन ३ हजार १ सय ४८ चालक कारबाहीमा


ट्राफिक प्रहरीले एकैदिन काठमाण्डौं उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाण्डौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो ।

कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य २ हजार ८ सय २ जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।