अवैध रुपमा ल्याइएको १० लाख बढीको औषधि बरामद


भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले आज भारतबाट अवैध रुपमा लुकाई–छिपाई ल्याउँदै गरेको १० लाख २१ हजार रुपैयाँ ४ सय बराबरको औषधि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोसाकको प्रहरीको टोलीले सेगोप्लेक्स आठ सय १० थान, बोनभिटा एक हजार थान र न्युरोक्याक्स एक हजार ८० थान औषधिको पत्ता बरामद गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । बरामद औषधिलाई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।