आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार आज डलर एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ५७ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८५ पैसा र बिक्री दर ८९ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०५ पैसा र बिक्री दर १४० रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७१ पैसा र बिक्री दर १६० रुपैयाँ ४४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४१ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १७ पैसा र बिक्री दर ३५ रुपैयाँ ३३ पैसा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।