लगातार ८ दिन घटेको सुन एकैदिन ५०० रुपैयाँले बढ्यो


लगातार ८ दिन घटेको सुनको भाउ बुधबार बढेको छ । फागुन ६ गते बढेसपछि ओरालो लाग्न थालेको सुनको भाउ फागुन १७ गते आएर बढेको हो ।

८ दिनको गिरावटपछि बुधबार भने सुनको भाउ तोलाको ५०० रुपैयाँले वृद्धि भएर १ लाख २ हजार ३ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार छापावाल सुन १ लाख १ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २७० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने सुन र चाँदीको भाउका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८३० अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.०७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।