हिमालयन ब्रुअरीको प्रिमियम बियर ‘हिमालयन’ बजारमा

0
Shares

सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा ल्याएको छ ।
लोकप्रिय “होली चाँड”लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो ।

गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट यूरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियरभन्दा नयाँ र रिफ्रेशिङ भएको कम्पनीले जनाएको छ ।

“फर द वन हु डेयरस्” नारामा लञ्च भएको सो बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनीले जनाएको छ ।  ३३० मिलिलिटरको बोतलको हिमालयन बियरको मूल्य १६५ रुपैयाँ र ६५० मिलिलिटरको मूल्य ३१० रुपैयाँ तोकिएको छ ।

लामो र गौरवमय इतिहास बोकेको हिमालयन ब्रुअरीले नेपाली बजारमा आइसबर्ग, निञ्जा, काठमाण्डौ र कमाण्डोजस्ता लोकप्रिय बियर ब्रान्डहरुको उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।